चैत्र १५, २०८० बिहीबार

सिँचाई विभागमा पहिलोपटक महिला महानिर्देशक




काठमाडौं – सिँचाई बिभागमा पहिलोपटक महिला महानिर्देशक नियुक्त भएकी छन् । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले सरीता दवाडीलाई महानिर्देशक नियुक्त गरेको हो ।

सिंचाई विभागअन्तर्गतको बहुउद्देश्यीय तथा सिंचाई महाशाखाको प्रमुख रहेकी दवाडी मंगलवार विभागको महानिर्देशक नियुक्त भएकी हुन् ।

यसअघि उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गर्दै दवाडीलाई यसअघि नै कामु महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

दवाडी खुल्ला उपसचिवमा सिधै सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनले महिला कोटामा नै खुल्लामा सहसचिवमा नाम निकालेकी थिईन ।

सिंचाई विभागका महानिर्देशक सरोज पण्डितलगायत दुई दर्जनमाथी अख्तियारले मुद्दा चलाएपछि उक्त पद रिक्त रहेको थियो ।