बैशाख ११, २०८१ मंगलबार

पूर्वमन्त्रीकी छोरी, विद्रोही पूर्वमन्त्री र आर्किटेक्ट इन्जिनियर, तर न घर न जग्गा



काठमाडाैं – समाजवादी पार्टीकी नेतृ हिसिला यमीले आफू आर्किटेक्ट इन्जिनियर र मन्त्री भइसकेपनि अहिले सम्म राजनीति गरेर कुनै व्यक्तिगत लाभका लागि काम नगरेको बताएकी छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले आफू व्यापारीक घरानाको पूर्व मन्त्रीको छोरी, आर्किटेक्ट इन्जिनियर, पूर्वमन्त्री भएर पनि अहिलेसम्म घर बनाउन नसकेको आशय व्यक्त गरेकी हुन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग विवाह भएकी यमीले अफू शहरिया भएपनि गाउँलेसँग बिबाह गर्ने, नेवार, समावेशीताको वकालत गर्ने, बुद्धिस्ट भएर धर्मनिरपेक्षताको वकालत गर्ने आफू आर्किटेक्ट भएर देशको आर्किटेक्ट हुन खोज्ने बिद्रोही महिला भएको समेत प्रष्ट पारेकी छन् ।