चैत्र ६, २०८० मंगलबार

सुत्केरी भएको २ महिनामै सुटिङमा फर्किन् अनुष्का शर्मा



काठमाडौं। बलिउड नायिका अनुष्का शर्मा सुत्केरी भएको दुई महिनामै काममा फर्केकी छन्। गत जनवरीमा सुत्केरी भएकी शर्मा सुटिङमा फर्केकी हुन् ।

उनले जनवरीमा छोरीलाई जन्म दिएकी थिइन्। अहिले विज्ञापनको सुटिङमा देखापरेकी छन् ।

अनुष्काले छोरी हेर्ने जिम्मा पतिलाई सुम्पिएकी छन्। उनका पति भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले छोरीको हेरचाह गरेका छन् ।

सुत्केरीपछि अनुष्का यति चाँडो काममा फर्केको बारे बलिउडमा अनेक चर्चा परिचर्चा सुरु भएको छ।