बैशाख ७, २०८१ शुक्रबार

दैनिक नुहाउँदा छालामा आउनसक्छ यस्ता समस्या



एजेन्सी । हरेक दिन नुहाउनु व्यक्तिगत सरसफाइको कुरा हो ।शरीरलाई सफा राख्दा धेरै रोगहरूबाट बच्न सकिन्छ । तर हरेक दिन नुहाउनु आवश्यक नहुन  वा समय नहुन सक्छ ।

धेरै नुहाउँदा स्वस्थ ब्याक्टेरियाहरू पखालिन्छ, जसले छालालाई सुक्खा पार्ने, छाला फुट्ने, चिलाउने समस्या देखिन्छ । दैनिक नुहाउने वा ननुहाउने त्यो व्यक्तिमा भर पर्ने हुन्छ । तर विज्ञहरूको सल्लाहअनुसार शरीरका तीनवटा मात्र अङ्गलाई नियमित रूपमा सफा गर्न आवश्यक हुन्छ ।

नियमित रूपमा सफा गर्नुपर्ने शरीरका तीन अङ्गः  

काखीः गर्मीमा धेरै पसिना आउँछ । पसिना धेरै आउँदा शरीरले छालामा व्याक्टेरियाको सञ्चय हुने कारण दुर्गन्ध उत्पादन गर्छ । व्याक्टेरियाको बृद्धि काखीको छालामा सबैभन्दा बढी हुन्छ । जसले काखीमा गनाउने, चिलाउने र सुन्निने समस्या निम्त्याउँछ । काखीलाई दैनिक साबुन र पानीले सफा गर्नाले व्याक्टेरिया बढ्न दिँदैन, छालाको समस्याको जोखिम कम गर्नुको साथै काखी गनाउने समस्या पनि रहँदैन ।

प्राइभेट पार्टः  दैनिक नुहाउने बानी नभएपनि हरेकले आफ्नो प्राइभेट पार्ट दैनिक सफा राख्नका साथै भित्री वस्त्र दैनिक परिवर्तन गर्न आवश्यक हुन्छ । सो क्षेत्रमा लाखौँ हानिकारक व्याक्टेरियाहरू हुनसक्छ जसले सङ्क्रमण र गन्ध निम्त्याउँछ । यसले गम्भीर रोगहरूको विकास गर्ने जोखिम पनि रहन्छ ।

खुट्टाः खुट्टा शरीरको सबैभन्दा बेवास्ता गरिएका अङ्गमध्ये एक हो । प्रायः नुहाउँदा पानी खुट्टामा पर्दा सफा भइहाल्छ भन्ने सोचले खुट्टालाई बेवास्ता गर्न सक्छचन् । खुट्टामा पसिना जम्मा हुन्छ, विशेष गरी दिनभरि मोजा लगाउने मानिसमा अझ धेरै पसिना आउन सक्छ । खुट्टाबाट दुर्गन्ध पनि आउने हुदा यसलाइ रोक्न दैनिक खुट्टालाई सफा राख्न जरुरी हुन्छ ।

नुहाउने बेलामा शरीरको हरेक भागमा साबुन लगाउने र राम्रोसँग स्क्रब गर्ने प्रयास गरिन्छ । तर शरीरका कतिपय अङ्गहरूलाई थप ध्यान दिनुपर्ने वा राम्ररी सफा गर्नुपर्छ । नङभित्र, कानको पछाडि, नाइटो र घाँटीको पछाडि व्याक्टेरिया बस्ने सम्भावना धेरै हुने हुँदा शरीरका यी भागलाई पनि राम्रोसँग सफा गर्नुपर्छ ।