बैशाख १२, २०८१ बुधबार

निर्देशक र कलाकारको सम्बन्ध ‘सेक्स’विनाको श्रीमान्–श्रीमतीको जस्तो हुनुपर्छः दीया मास्के



भदौ १० गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रकाश’को प्रचारमा रहेकी कलाकार दीया मास्केले कलाकार र निर्देशकविच निक्कै नजिकको सम्बन्ध हुनुपर्ने बताएकी छिन् । तर, उनले यसलाई आफ्नै भाषमा भनिन्–‘फिल्मको छायांकनको समयमा हाम्रो कुराकानी बढी अनुप बरालसँग बढी हुन्थ्यो ।

तर, मैले हाम्रो अगाडि निर्देशक दिनेश राउत नै हुनुपर्छ भन्थे । मलाई दिनेशजी रहस्यमयी लागेको थियो ।’ उनले अगाडि भनिन्–‘फिल्म छायांकनका क्रममा कलाकारले निर्देशकलाई र निर्देशकले कलाकारलाई नवुझ्ने दृश्यहरु मलाई केही गाह्रो भएको हो । नत्र, अरु समयमा खासै गाह्रो भएन ।

सायद यो कुरा सुन्दा कस्तो लाग्छ मलाई थाहा छैन, तर निर्देशक र कलाकारको सम्बन्ध भनेको सेक्स विनाका श्रीमान्–श्रीमति जस्तो हुनुपर्छ । भनेको उनीहरुविच निक्कै नै नजिकको सम्बन्ध हुनुपर्छ ।’

दीयाले जब निर्देशक र आफूविचको वुझाई सहज भयो, त्यसपछि भने फिल्म छायांकन गर्न खासै गाह्रो नभएको बताइन् । दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी लगायतका कलाकारको अभिनय छ ।