बैशाख ८, २०८१ शनिबार

अभिनेत्री स्वस्तिमा पपुलर सिने स्टार



अभिनेत्री स्वस्तिमा खड्का ‘पपुलर सिने स्टार अवार्ड’ बाट सम्मानित भएकी छन् । ‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन’ नारा सहित हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’ मा खड्कालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा खड्का सहित  दर्जनौ सेलिब्रिटीले पनि अवार्ड प्राप्त गरे । जसमा अभिनेता ‘मोसन पिक्चर्स क्विन अफ एक्टिङ अवार्ड’अभिनेत्री गौरी , आइकोनिक पपुलर मोडल अवार्ड मोडल तथा अभिनेता दिक्पाल कार्की, पपुलर ड्रेस डिजाइनर अफ इन्टरटेन्मेन्ट इन्डष्ट्रि अवार्ड सुक्निता चौलागाईले पाए ।

त्यस्तै एभरग्रिन मेलोडी भोकल स्टार अवार्डबाट गायक आनन्द कार्की, क्विन अफ एभरग्रिन भ्वाईस अवार्ड गायिका अन्जु पन्त, आइकोनिक पप स्टार अवार्डबाट गायक धीरज राईसमेत हात पारे ।

कार्यक्रममा स्नेहा राना, रोजिन शाक्य, धर्म बहादुर बानियाँ, सावित्री शाह, राधा हमाल बानियाँ, मनु बान्ता मगर लगायत समेत सम्मानित भएका थिए । गायक धीरज राई राईको सांगीतिक प्रस्तुति समेत रहेको कार्यक्रममा फेसनशो समेत आयोजना भएको थियो ।

नेपाली चलचित्र, साङ्गीतिक क्षेत्रसँगै फेसन एवम् मोडलिङ क्षेत्रको व्याक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हिमालयन मुभिज प्रोडक्सन हाउसकी प्रवन्ध निर्देशक हिमानी सुब्बाले बताइन् ।