>

आश्विन १२, २०७९ बुधबार

‘घरको सानो योजनामा नपत्याएकी म प्रदेशको योजना आयोगमा’



म कमजोर भैसकेँ । उमेर घर्की सक्यो । मलाई साथ दिने कोहि छैन । म कसरी सक्छु र भन्ने कमजोर मानसिकतालाई जित्न दिएको भए आज मैले म हुनुको अस्तित्व गुमाइ सकेकी हुने थिएँ ।

आज भन्दा १५/२० वर्ष अगाडी मेरो जीवनमा ठूलो बज्रपात आइप¥यो । त्यतिबेला मैले शिक्षकको जागिर छाडिसकेकी थिएँ । परिवारको साथ सहयोगमा मेरो अध्यनलाई अगाडि बढाउने सल्लाह भयो । सरकारी जागिर छाडेर जनजाति कोटामा इन्टर लेबल फरेस्टी अध्यन सुरु गरँे । पास पनि भैयो ।

त्यसपछी भने मेरो जिवनले कोल्टे फे¥यो । मैले सोँचे जस्तो जीवन भएन । पारिवारिक साथ र सहयोगमा एउटा खाडल सिर्जना भयो । श्रीमान्को साथ र माया कतै बाँडियो । त्यसपछिको समय म बिछिप्त भएँ । नेपाली समाजमा त्यो वातावरण सिर्जना भएपछिको जीवन कस्तो हुन्छ, त्यो मैले बयान गरिराख्नु पर्छ भन्ने लाग्दैन ।

म माथी कमजोर, निरीह , कुरुपताको लान्छना लगाइयो । म कसैको छोरी, दिदी, बहिनी, श्रीमती मात्र थिइन यो संसारले पुज्ने शब्द ‘आमा’ पनि थिएँ । तीनजना सन्तानको जिम्मेवारी थियो म माथी । म मात्र एउटा लाचार बुहारी, उसले भने जस्तो कुरुप श्रीमती मात्र थिइन । म राम्रोसँग बुझ्दथेँ म एक सृष्टिकर्ता बहादुर नारी, मेरो सन्तानको लागि संसारकै सुन्दर आमा, बहादुर आमा अनि विश्वास र भरोसाको धरोहर थिएँ ।

मैले जीउनुपर्छ , जीउनको लागि संघर्ष गर्नुपर्छ र म सक्छु भन्ने आँटले आफुलाई सम्हालिरहँे । झण्डै दुई दशक बच्चाहरु सम्हाल्दै विश्वासघात र महत्वाकाँक्षी सोँचले थला पारेको मेरो सम्बन्ध र मनलाई झेल्दै सम्हाल्दै जिन्दगी अगाडि बढाउने क्रममा ७५ प्रतिशत बढी टुटिसकेकी थिए । तर मसँग सहि र गलत छुट्ट्याउन सक्ने विवेक थियो । कहिँकतै अझैपनि केही गर्न सक्छु भन्ने साहस थियो ।

त्यो अवस्थामा मलाई हौसला दिने, थप साहस भरिदिने, उमेरले छेक्दैन पढ्नुपर्छ, बाँचुन्जेल अझै केही गर्न सकिन्छ भनेर २१ वर्ष लामो विश्रामपछी पढाइलाई निरन्तरता दिन कलेज भर्ना गर्न तत्पर बनाउने साथी पुष्पा थापालाई कहिल्यै विर्षन सक्दिन । त्यस्तै सँधै हौसला प्रदान गरिरहने साथी रन्जु श्रेष्ठ, शिला शर्मा, उमेरले म भन्दा कैयौं कान्छा मेरा शिक्षक वर्गहरु, जस्ले मलाई प्रेरणाको स्रोत ठान्नु हुन्थ्यो, आदरका साथ सिकाइमा सहजीकरण गरिदिनुहुन्थ्यो सबैमा आभार प्रकट गर्दछु । अँग्रेजी सहयोग गर्ने मेरो छोरा–छोरी मेरो जीवनलाई सार्थक बनाउने प्रमुख पात्रहरू हुन ।

उहाँहरुको सहयोगमा बीएड रेगुलर पास गर्न सफल भएँ, यस्ले मलाई थप हौसला प्रदान ग¥यो । मास्टर डिग्री पनि राम्रो नतिजा सहित नै सकाएँ । पारिवारिक जिम्मेवारी सम्हाल्दै जागिरको सिलसिलामा एनजीओ/आइएनजियो संस्थाहरु मार्फत देशको विभिन्न ठाउँमा पुगे ।

पाल्पा, सिराहा, तनहुँ, सप्तरी, लम्जुङ लगातको जिल्लाहरुको कुना–कुना पुगेकी छु । यो यात्रामा धेरै जना दिदी बहिनिहरुसँग भेट भयौँ । कैयाैँको दर्दनाक जीवन भोगाइहरु नजिकबाट नियाल्न पाएँ । यस्ले मलाई नेपाली समाजमा महिलाको भोगाइ पीडा र संघर्षसँग परिचित हुने अवसर दियो । जीवनलाई थप ससक्त बनाउने साहास मिल्यो, यो बलियो सहासको बाबजुत पनि कहिलेकाहीँ मनै त हो अतालिन्थ्यो । आँशुधारा बगिदिन्थ्यो, भित्रभित्रै बेचैनीले छट्पटी हुन्थ्यो । महिलाले मात्र यी तमाम समस्याहरु किन भोग्नुपर्छ यसबाट कसरी छुट्कारा पाउन सकिन्छ भन्ने प्रश्नले मलाई भित्र भित्रै पोलिरहन्थ्यो । बाधा अवरोध र नकारात्मक सोँचहरुलाई शक्तिमा बद्ल्ने प्रयासमा रहँदा कैंयौ पटक आफू आफैसँग हारेको छु । जीवन नै नरहेपछि केको पीर केको लँडाई, यस्तै–यस्तै कमजोर मनस्थितिले जन्माएको विचारले जीवन फाल्न तयार भएर लरखराएको ज्यानलाई फेरि आफ्नै मनले सम्झाउँदै कैयाैंँ पटक आफैले आफैलाई नयाँ जीवन दिएकी छु ।

जिवनको आरोह अवरोहले अनेकाैँ पाठ सिकाएको छ । जीवनमा आइपर्ने हरेक परिस्थितिलाई अवसरको रुपमा लिएर सहज रुपमा सामना गर्न तयार हुने मान्छेको जीवन कहिले नहार्दो रहेछ । साथ, सहयोग र सम्मान सबै मनले खोज्ने र विश्लेषण गर्ने कुरा रहेछ । यो आफैमा ध्रुव सत्य होइन रहेछ । यसको ज्वलन्त उदाहरण मैले मास्टर डिग्री पास गरेँ । सामजिक अभियान्ताको रुपमा धेरै कामहरु गरेँ ।

तर हिँजो मलाई कमजोर र गवार देख्ने ती मनस्थितिहरुलाई परिवर्तन गर्न सकिन । किनकी म सदियाैं देखि जगडिएर रहेको पुरुष प्रधान समाजमा छु । आज पनि मलाई ती मनस्थितीहरुले त्यसरी नै विश्लेषण गरेँ । मेरो क्षमता र सफलताका प्रमाणहरुलाई फगत समय बिताउने बाहानाको रुपमा अथ्र्याए । यस्को कुनै तुक नभएको विश्लेषण गरिरहेँ । तर म कहिले आफुले आफ्नो मनलाई हार्न दिएन ।

क्षमता भएपछी ढिलो जाडो अवसरले पछ्याउँदो रहेछ । समाजले चिन्दो रहेछ । बस् हिम्मत हर्नु हुँदैन । हिजो एउटा घरको सानो योजनामा नपत्याएकी म आज प्रदेश सरकारको योजना बानाउने ठाउँमा छु । यो मेरो लागि ठूलो अबसर र मेरो संघर्षको प्रतिफल हो । दुःखलाई चिनेर अबसरको रुपमा सदुपयोग गरेर यसले मलाई म हुनुमा गर्व गर्न सक्ने बनायो । आज यो यात्रासम्म आइपुग्न दृश्य र अदृश्य रुपमा सहयोग गर्नुहुने सबै प्रति म आत्मै देखि सम्मान व्यक्त गर्दछु । प्रस्तुती : हुमा सूर्यवंशी