बैशाख ३, २०८१ सोमबार

सामान्य कुरामा पनि किन रुन्छन् केटी !



केटीहरु खुसी हुँदा वा दुखी हुँदा दुवै अवस्थामा आँसु खसाल्छन् । तर केटीहरु किन यति सहजै आँसु खसाउँछन् भन्ने विषयले बैज्ञानिकहरुलाइ समेत टाउको दुखाएको छ ।

केटीहरु किन यति सजिलै रुन्छन् प्याज काट्दा आँसु किन आउँछ गोहीले किन आँसु बगाउँछ भन्ने कुराको कारण सुन्नु भो भने तपाइँ अश्चर्यमा पर्नु हुनेछ । द टेलीग्राफमा प्रकाशित जर्मन शोधका अनुसार महिला पुरुषको तुलनामा बढी रुन्छन् । महिलाको आंसुसँग सम्बन्धित ग्ल्याण्ड पुरुषको तुलनामा बढी सक्रिय हुन्छ ।

यिनको बनावट पनि अलग अलग हुन्छ । यसैकारणले महिलाको आँखामा आँसु बढी आउँछ । शोधकर्ताहरुका अनुसार महिलाको आंखामा आंसू एक महिनामा करीब ५.३ पटक आउँछ जबकि पुरुषको आँखामा १.४ पटक मात्र आउँछ । एक पटकमा महिला ६ मिनेट सम्म रुन्छन् ।तर पुरुषको रुने अवधी सामान्यतया २ देखि ४ मिनेटको मात्र हुन्छ ।

त्यसैगरी प्याज काट्दा आँसु आउनुको कारण प्याजबाट आउने सिन-प्रोपेनिथियल-एस-ऑक्साइड हो । यसले हाम्रो लैक्रिमल ग्ल्याण्डमा असर गर्छ र आँसु आउन शुरु हुन्छ । रुँदा आँखाबाट आँसुमात्र होइन नाकबाट सिगान पनि आँउछ । त्यसो हुनुको कारण चाँहि आँसु हाम्रो श्वास नलिमा प्रवेश गर्नु हो । आँसु बढी आएमा श्वास नलिमा प्रवेश गर्छ र नाकबाट सिगान बग्न शुरु हुन्छ ।